दमक, झापा । कोशी प्रदेश सरकारको रातो किताब अनुसार दमकको अग्रणी शैक्षिक संस्था दमक बहुमुखी क्याम्पसका लागि दुईवटा ठूला योजना स्वीकृत भएका छन्। क्याम्पसको नयाँ पुस्तकालय (Library) भवन निर्माणका लागि रु. ७५ लाख (७५०० हजार) र निर्माणाधीन क्याम्पस भवन सम्पन्न गर्नका लागि थप रु. ५० लाख (५००० हजार) गरी कुल १ करोड २५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ