दमक। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण उद्घाटन गर्नुभएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अम्पायरलाई बल हस्तान्तरण गर्दै उहाँले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो।
आज साँझ ५ बजेदेखि सुरु भएको उद्घाटन खेलमा दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा भइरहेको छ।
प्रतियोगिता आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ। यसअघि प्रधानमन्त्री शाहले प्रतियोगिताको सफलताको कामना गर्दै शुभकामना व्यक्त गर्नुभएको थियो।
Comments