दमक। झापाको दमक नगरपालिका–४ स्थित भट्टराई मन्दिर दक्षिणतर्फको क्षेत्रमा एक युवक मृत अवस्थामा फेला परेका छन्। स्थानीय २५ वर्षीय युगल पसाई रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।

घटनाको जानकारी पाउनासाथ नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान अघि बढाएको छ। दमक–४ का वडाध्यक्ष पुण्यप्रसाद दाहालले दिएको जानकारीअनुसार ती युवक रुखमा झुन्डिएको अवस्थामा भेटिएपछि स्थानीयले जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए। अहिले प्रहरी टोली घटनास्थलमै रहेर मुचुल्का उठाउने तथा आवश्यक कानुनी प्रक्रिया पूरा गर्ने काम गरिरहेको छ।

युवकको मृत्युको कारण हालसम्म खुल्न सकेको छैन। प्रहरीले घटनास्थलको प्रकृति मुचुल्का उठाइसकेपछि शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाउने तयारी गरेको छ। प्रहरीको विस्तृत अनुसन्धान र पोस्टमार्टम रिपोर्टपछि मात्रै घटनाको वास्तविक तथ्य बाहिर आउने जनाइएको छ। यस विषयमा थप विवरण आउन बाँकी रहेको छ।