रवि र बालेनले आज घण्टाघरमा सम्बोधन गर्ने

O
ourdamak २०८२ फागुन ७
Reads
रवि र बालेनले आज घण्टाघरमा सम्बोधन गर्ने

सुर्खेत, ७ फागुन  : आगामी फागुन २१ गते हुने आम निर्वाचनको पूर्वसन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो चुनावी अभियानलाई देशव्यापी रूपमा तीव्र पारेको छ। यसै क्रममा आज कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित घण्टाघर चोकमा रास्वपाले एक विशाल आम सभा आयोजना गर्दैछ।​सभालाई रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

​हिजो मात्र सुदूरपश्चिमको धनगढीमा आयोजित विशाल आम सभा सम्पन्न गरी दुवै नेताहरू सुर्खेत आइपुगेका हुन्। धनगढीको सभामा जनसागर उर्लिएपछि रास्वपाका नेताहरू थप उत्साहित देखिएका छन्। सुर्खेतको घण्टाघरमा हुने आजको सभामा पनि ठुलो संख्यामा समर्थकहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।

​निर्वाचनको मिति नजिकिँदै जाँदा रास्वपाले यस पटक स्पष्ट बहुमत मात्र नभई दुई तिहाइ ल्याउने दाबी गर्दै आएको छ। सभापति लामिछाने र नेता शाहले देशका विभिन्न भागमा पुगेर जनतालाई "परिवर्तनका लागि घण्टी" मा मतदान गर्न अपिल गरिरहेका छन्।

रास्वपाले यस पटकको निर्वाचनलाई "नयाँ र पुराना शक्तिबीचको निर्णायक लडाइँ" को रूपमा व्याख्या गर्दै आएको छ। आजको सम्बोधनमा रवि र बालेनले कर्णालीको विकास र राष्ट्रिय राजनीतिका बारेमा कस्तो अभिव्यक्ति दिन्छन् भन्नेमा सबैको चासो रहेको छ।

Share this story:

Comments